१३ कार्तिक २०८३, शुक्रबार

पत्रकार महासङ्घद्वारा १२ जना सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fnj-logoतुलसीपुर (दाङ), ५ पुस । नेपाल पत्रकार महासङ्घ, दाङले आफ्नो २३औँ स्थापना दिवस तथा साधारणसभामा महासङ्घमा पुरस्कार स्थापना गरी सहयोग पु¥याउने र दाङको पत्रकारिता क्षेत्रमा योगदान दिने समाजसेवी तथा पत्रकारको योगदानको उच्च कदर गर्दै हिजो यहाँ आयोजित एक कार्यक्रममा १२ जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा पत्रकार महासङ्घ दाङका संस्थापक तथा प्रेसकाउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, पत्रकार सुदर्शन रिजाल तथा राधा रिजाल , राष्ट्रिय समाचार समिति (रासस), राप्ती प्रमुख नारायणी रजौरे हुुनुहुन्छ । नागरिक समाज दाङका संयोजकसमेत रहनुभएका टीकाराम रेग्मी, उद्योगपति उत्तमकुमार श्रेष्ठ, प्राध्यापक शिवहरि मरहठ्ठा, शिक्षक रामप्रसाद जैसी, मनोज बुढाथोकी, दामोदर सुवेदी, सर्वजीत ओली पनि सम्मानीत हुुनुुभएको छ ।

पत्रकार रजौरेले आफ्ना स्वर्गीय पितामाता तथा भाइको स्मृतिमा २०६१ सालमा पत्रकार महासङ्घमा उमाचन्द्र गीता रजौरे स्मृति पत्रकारिता पुरस्कारका लागि रु २५ हजारको अक्षयकोषको महासङ्घ, दाङमा स्थापना गर्नुभएको थियो भने अन्य व्यक्तित्वले पनि आफ्ना परिवारका दिवङ्गत व्यक्तिहरूको स्मृतिमा महासङ्घ दाङमा रु २५ हजारदेखि रु एक लाख एघार हजारसम्मको राशिमा अक्षयकोष स्थापना गर्नुभएको थियो ।

उहाँहरूलाई पत्रकार महासङ्घका संस्थापक नारायणप्रसाद शर्मा, महासङ्घका केन्द्रीय सदस्य अजयदीप शर्मा, प्रजिअ दीपककुमार काफ्ले र पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतमले दोसल्ला र कदरपत्रले सम्मान गर्नुभएको थियो । रासस