१३ कार्तिक २०८३, शुक्रबार

गम्भीर दुई बिरामीलाई जापानबाट आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-flagटोकियो (जापान), ५ पुस । जापानवासी नेपालीले गत एकसाताको अवधिमा दुई गम्भीर बिरामीलाई करिब रु तीन लाख ५९ हजार बराबरको जापानी येन आर्थिक सहयोग गरेका छन् ।

रक्तक्यान्सर पीडित काभ्रे, चपाखोरीको कुरुवासका ३२ वर्षीय दिलीप लामाको उपचारका लागि एक लाख १८ हजार ७०० जापानी येन पठाइएको हो ।

पाटन क्याम्पस स्ववियु कोषाध्यक्षसमेत रहेका लामा विगत केही समययता रक्तक्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छन् । लामा परिवारले पठाइएको रकम गत बिहीबार बुझेको जनजाति पत्रकार महासङ्घ, जापानका शान्ता पहरीले जानकारी दिनुभयो ।

त्यस्तै गम्भीर बिरामी भई भारतमा उपचाररत नेपाली काँग्रेसका नेता उमेशजङ्ग रायमाझीको उपचारका लागि नेपाली जनसम्पर्क समिति जापानले आर्थिक सहयोग गरेको छ ।

जनसम्पर्क समिति जापानले सभासद् धनराज गुरुङमार्फत रु एक लाख ७४ हजार १२५ पठाएको महाधिवेशन प्रतिनिधि कपिलदेव थापाले जानकारी दिनुभयो ।

बिरामीद्वय उपचारका लागि लामो समय अस्पतालमा बस्नुपर्ने र पारिवारिक अवस्था कमजोर भएको भन्दै जापानमा रकम सङ्कलन गरी पठाइएको हो ।

एकसाताअघि जापान आएका पूर्वसभासद् गुरुङले गम्भीर बिरामी रायमाझीको रकम अभावमा उपचारमा समस्या भएपछि सहयोगका लागि गरिएको अनुरोधअन्तर्गत जापानका नेपाली काँग्रेसमा आबद्धहरुले उठाएको रकम बुझेको बताउनुभयो । रासस