काठमाडौं, ५ पुस । झण्डै एक महिनादेखि राजधानीमा चल्दै आएको सत्तारुढ दल एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा सदस्यहरूले उठाएको जिज्ञासा र टिप्पणीमा जवाफ दिने कार्यक्रम रहेको बुझिएको छ । दाहाल आफैले सदस्यहरूको जिज्ञासाको जवाफ दिनु हुनेछ ।
बैठकमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए । तर बैठकले निर्णय भने गरेको छैन । स्थगित हुँदै र चल्दै आएको एमाओवादी बैठकमा केही मन्त्रीहरूको कार्यशैलीको पनि आलोचना भएको थियो ।
बैठकमा अध्यक्ष दाहालका दुई नातिनी र गृहमन्त्री शक्ति बस्नेतले आफ्ना छोरीहरू भूकम्पपीडितको नाममा चीन घुम्न पठाएपछि जमेर आलोचना भएको थियो ।












प्रतिक्रिया