१३ कार्तिक २०८३, शुक्रबार

सुदूरपश्चिममा आमसभा ऐतिहासिक र भव्य : एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-Kailaliधनगढी, ४ पुस । नेकपा (एमाले) सेती महाकालीको संयुक्त वैठकले कैलालीको अत्तरियामा संविधानका अन्तरबस्तु जनताकाबीच पुर्याउने उद्धेश्यले आयोजित आमसभा भव्यरुपमा सफल भएको ठहर गरेको छ ।

एमालेले कैलालीमा आजसम्म गरेका सभाहरुमध्ये सवैभन्दा भव्य आमसभा यसपटक भयो एमाले केन्द्रीय सदस्य तथा सेती अञ्चल इन्चार्ज महेश्वर पाठकले संयुक्त वैठकको निष्कर्ष सुनाउदै भने उद्धेश्य अनुसार विभिन्न समुदायको उपस्थितिले आमसभा भव्य र ऐतिहासिक भएको छ ।

विषम परिस्थितिमा पनि उत्साहजनक र सवै जातजातिको उल्लेख्य सहभागिताले हामी उत्साहित भएका छौ पाठकले वताए । वैठक एमालेका केन्द्रीय उपाध्यक्ष तथा सेती महाकाली अञ्चलका अनुगममनकर्ता र अत्तरिया आमसभा मुल तयारी समितिका संयोजक भीमवहादुर रावलको अध्यक्षतामा भएको थियो ।

सो जनसभा सफल बनाउन उल्लेख्य भूमिका निर्बाह गर्ने पार्टीसँग आवद्ध र सुवेच्छुक सबैलाई धन्यबाद व्यक्त गरिएको पनि पाठकले वताए । वैठकले आमसभा मार्फत संघीयताको प्रस्तावित ७ नम्वर प्रदेशले राष्ट्रिय एकताको राम्रो सन्देश दिएको ठहर पनि गरेको छ । आमसभावाट सात नम्वर प्रदेश राष्ट्रियताका सन्द्र्धभमा जिम्मेवार र एकतावद्ध छ भन्ने सन्देश पनि गएको पाठकले टिप्पणी गरे ।
यसैवीच शनिवार आमसभाका सन्द्र्धभका गठित प्रचार प्रसार उपसमितिको बैठक बसेको छ । सो अवसरमा समितिका संयोजक महेश्वर पाठकले पार्टीका सबै जिम्मेवार नेता, कार्यकर्ता र प्रचार समितिका सवैले इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेकोमा धन्यबाद ज्ञापन गरे ।

शनिवार नै एमाले कैलाली जिल्ला कमिटीले आमसभाको समिक्षा गरेको छ । वैठकले आमसभा भव्य भएको, थारु पहाडीको एकता प्रदर्शन भएको र कार्यकर्ताको हौसला वढाएको ठहर गरेको छ । यस्ता सभा अव क्षेत्र स्तरमा पनि गर्न जरुरी भएको मत समिक्षा वैठकमा प्रकट भएको कार्यालय सचिव विमल जोशी वताए । जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको वैठकमा केन्द्रीय सदस्यहरु महेश्वर पाठक, गरिमा शाह, वैकल्पीक केन्द्रीय सदस्य झपट रावल, अछाम र कञ्चनपुरका अध्यक्षहरु क्रमश ः शेरवहादुर कुँवर र तारालामा तामाङको उपस्थिति थियो ।