
काठमाडौं, ४ पुस । नेपालमा प्रधानमन्त्री र राष्ट्रपतिको तथानाम गालि गर्ने, चरित्रमा दाग लगाउने गरिन्छ र कुनै कारवाही हुँदैन् ।
भर्खरै मात्र राष्ट्रपति विद्या भण्डारीलाई ‘विधवा र अलच्छिनी’ भनेर अपमान गरियो । सरकारी शिक्षकले नै यसरी राष्ट्रपतिलाई गालि गरे । तर, अहिलेसम्म कारवाही भएको छैन् ।
तर, सिंगापुरमा प्रधानमन्त्री ली हिसिन लुङ लाई ‘चोर’ भन्दा एक ब्लगर कानुनी फन्दामा परेका छन् । प्रधानमन्त्रीलाई गलत आरोप लगाएको आरोपमा त्यहाँको अदालतले ७० लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ ।
शुक्रबार एक अदालतले ऐक्टिविस्ट ब्लगरलाई यस्तो आदेश दिएको समाचार एजेन्सीले जनाएका छन् ।
प्रधानमन्त्रीमाथि यस्तो थियो ब्लगरको आरोप
सरकारी कर्मचारी रहिसकेका राय नंग नामका ब्लगरले आरोप लगाएका थिए की प्रधानमन्त्री ली हिसिन लुङ ले देशको अरबौं रुपयाको सेन्ट्रल प्राविडेन्ट फण्ड (सीपीएफ)बाट करोडौं रुपैयाँ घोटाला गरेका छन् । आरोपबारे सुनवाई गर्दै न्यायधीश ली सी किनले ब्लगर रायले गलत आशयबाट प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएको पुष्टि भएको फैसला गरे । यद्यपी रायले प्रधानमन्त्रीलाई चोर भन्दै सरकारको सीपीएफ पोलिसीको आलोचना गरिरहेका थिए ।
३४ वर्षीय रायलाई नोभेम्वर २०१४ मा दोषी ठहर गरिएको थियो । तर, अहिले आएर उनको मुद्दामा फैसला भएको हो । सिंगापुरमा पहिलोपटक प्रधानमन्त्रीमाथि गलत आरोप लगाउनेलाई यति ठूलो सजायँ दिइएको हो । यता रायले पनि आफ्नो आरोप गलत भएको स्वीकार गरिसकेका छन् । (एजेन्सीको सहयोगमा)














प्रतिक्रिया