१३ कार्तिक २०८३, शुक्रबार

इन्धन अभावले चुलोको माग बढ्यो, सुधारिएको चुलो बनाउन सिक्दै विद्यार्थी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chulo-Parbat (2)
पर्वतको गुरुकुल एकेडमीका विद्यार्थीहरु सुधारिएको चुलो बनाउन सिक्दै विद्यार्थीहरु ।

पर्वत, ४ पुस । पछिल्लो समय एलपि ग्यासको माग असहज भएपछि शहर बजारमा खाना पकाउन निकै समस्या पर्दै आएको छ ।

एलपि ग्यासको मात्र भरमा खाना पकाउँदै आएकाहरु पनि बाध्य भएर दाउरा बालेर खाना पकाउन बाध्य भएका छन । यसैवीच पर्वतको एक नीजि विद्यालयका विद्यार्थीहरुले वैकल्पिक उर्जाको खोजी गर्दै एलपि ग्यासको विकल्पको रुपमा रहेको सुधारिएको चुलो बनाउने सीप सिक्न ब्यस्त देखिएका छन । सदरमुकाम कुश्मा बजार स्थित पर्वत गुरुकुल एकेडमीका कक्षा ९ र १० का विद्यार्थीहरुले आधुनिक प्रविधिको सुधारिएको चुलो बनाउने सिप सिक्न कस्सिएका हुन ।

पछिल्लो समय एलपि ग्यासको सहज आपूर्ति नहुँदा खाना पकाउनका लागि दाउराका प्रयोग गर्नेको संख्या ह्वातै बढेर गएको छ । दाउराको प्रयोग गरी खाना पकाउँदा भने धुँवाबाट गृहिणीलाई विभिन्न खाले स्वास्थ्यका सक्रमण हुने र दाउराको पनि बढि प्रयोग हुने भएकाले सुधारिएको चुलो प्रतिको आकर्षण बढेर गएको छ । ‘चुलो बनाउने सीप विद्यालय स्तरबाटै नै सिकाउँद विद्यार्थी मार्फत घरसम्म चुलोको प्रविधि पुग्छ’ गुरुकूल एकेडमीका प्रिन्सिपल केशवराज पुरी भन्छन–‘प्रविधियुक्त र ब्यवहारीक शिक्षा प्राप्तिका लागि पनि विद्यार्थीहरु चुलो निर्माण कार्यको सीपमा लागेका हुन’ चुलो बनाउनका लागि आवश्यक सवै सामाग्री जुटाउने देखि चुलोको जडानसम्मका सीप सिक्नमा विद्यार्थीहरु ब्यस्त छन ।

Chulo-Parbat (1)

भारतले गरेको अघोषित नाकाबन्दीका कारण एलपि ग्यासको आपूर्ति प्रायः ठप्प छ । खाना पकाउनका लागि ग्यासको प्रयोग गर्ने प्रयोगकर्ताहरु पनि दाउरामा खाना पकाउन थालेका कारण औसतमा सुधारिएको चुलोको माग निकै बढि आइरहेको जिल्ला विकास समिति पर्वतकी वातावरण उर्जा तथा जलवायु परिर्वतन अधिकतृ इन्जिनियर मञ्जु शिलाकारको भनाई छ । हाल जिल्लाका विभिन्न बजार क्षेत्रबाट पनि सुधारिएको चुलो निर्माणको माग आएका कारण चुलो निर्माणलाई जिल्ला विकास समितिले विशेष अभियानका साथ सञ्चालन गर्न लागेको शिलाकारले बताईन । दाउराको कम खपत हुने, धुँवाजन्य रोगबाट बचिने र समयको पनि वचत हुनेभएका कारण सुधारिएको चुलो प्रतिको माग बढिरहेको शिलाकारको भनाई छ । जिल्लाका ९० प्रतिशत भन्दा बढि घरधुरीमा दाउराको प्रयोग गरी खाना पकाइन्छ । पछिल्लो समय इन्धनको अभावसंगै गोबर ग्यासको समेत माग जिल्ला विकास समितिमा आउन थालेको इन्जिनियर शिलाकारले बताईन ।