काठमाडौं, ४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले आफूहरूको आन्दोलनलाई लिएर केही नेताहरूले दिएको अभिब्यक्तिप्रति चिन्ता जनाउनुभएको छ ।
उहाँले आफूहरूका आन्दोलन सबै यथावत रहेको बताउनुभयो । ‘नाकाबन्दी, सडक अबरोधसहितका सबै आन्दोलनका कार्यक्रम यथावत छन्’, आज बिहान दैनिक नेपाल डटकमसँग कुरागर्दै उहाँले भन्नुभयो, ‘शुक्रबार पत्रकार सम्मेलन गरेर जारी गरिएका कार्यक्रम नयाँ हुन् । आन्दोलनमा भ्रम नपरौँ ।’
मधेसी मोर्चाका केही नेताहरूलाई उदृत गर्दै आएका समाचार ती नेताहरूको व्यक्तिगत रहेको बताउनु भएका महासचिव समुनले भन्नुभयो, ‘आन्दोलनका विषयमा भ्रम फैलाउने अधिकार कसैलाई छैन । हाम्रो आन्दोलनमा कुनै परिवर्तन वा संशोधन केही भएको छैन ।’
केही पत्रपत्रिकाहरूले नाकाबन्दी र सडक अबरोधका कार्यक्रम संशोधन भइ मधेसी मोर्चाले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरेको समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूमा मधेसी मोर्चाका जिम्मेवार नेताहरूको भनाइ राखिएका छन् ।












प्रतिक्रिया