२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीको सभामा थारु नेताहरुको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-tharu-lamki (3)
फाइल फोटो

अत्तरिया, ३ पुस । सुदूरपश्चिमका थारु नेताहरुले मधेस आन्दोलनमा थारु र मधेसी जनताको समर्थन नरहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कैलालीको अत्तरिया आयोजित एमालेको जनसभामा बोल्दै थारु नेताहरुले मधेस आनदोलन औचित्य नभएको भन्दै नाका अवरोध गर्नेलाई लखेट्ने चेतावनी दिए ।

थारु नेता एवं सांसद कृपाराम राना थारु, पूर्व सांसद नारादमुनी राना थारु, कैलालीका एमाले नेता हनुमान चौधरी लगायतले संविधानमा थारु मधेसी सबैको अधिकार सुनिश्चित भएकाले आन्दोलन औचित्यहीन रहेको बताए ।

थारु महिला नेतृ चुनदेवी चौधरीले नाकाबन्दी गरेर जनतालाई सास्ति दिने मधेसी मोर्चाका मागमा थारुहरु सहमत नरहेको बताइन् । उनले भनिन्– ‘५० जना मान्छे एउटा नाकामा बस्दैमा देशैभरीका नाका किन थुनियो ? अब मधेसी र थारु जनताले आन्दोलनकारीलाई नाकाबाट खेदाउनुपर्छ ।’

सभामा प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका अधिकांश माग पुरा भइसकेकाले आन्दोलनको औचित्य नभएको स्पष्ट पार्नुभयो ।