विक्रम संवत २०२६ सालमा दाङको भरपुरस्थित पदमोदय पब्लिक माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दैगर्दा आफ्नै कक्षाका सहपाठी अमर रेग्मीको हातबाट कांग्रेसको सदस्यता लिएका घिमिरेका त्यसपछि अनेकौ राजनीतिक उतारचढाव भए । राजनीतिमा लागेकै कारण जेल जाने र छुट्ने उनका दिनचार्य जस्तै भए । त्यति बेला पदमोदयमा प्रधानाध्यापक महेन्द्र ठाकुर थिए । घिमिरले २०३५ साल जेठ महिनाको मध्यतिर दाङ जिल्लाको मानपुर गाविसको जरुवा, पिपल भन्ने स्थानमा भेला गरेर नेपाली कांग्रेसलाई विधिवत रुपमा जन्माएका हुन् । केन्द्रको निर्देशनअनुसार अध्यक्ष बनेका घिमिरेले ३३ सदस्यीय कायसमिति बनाएका थिए । कार्यसमितिमा जेल, प्रवास र उपस्थितहरूलाई समेटेर कार्यसमिति बनाएको स्मरण गर्छन् । त्यो कार्यसमिति वीरकेश्वरी गौतम, तेजबहादुर गौतम, लेवेन्द्र धिताल, शिवहरि शर्मा, प्रदीप योगी, ऋषिराज आचार्यलगायतलाई राखिएको थियो ।
















प्रतिक्रिया