१ कार्तिक २०८३, आइतबार

म अत्याधिक मतले चुनाव जित्छुः नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madab

काठमाडौँ, २४ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजधानीमा जारी महाधिवेशनको बन्दशत्र हलबाट आफ्नो नीति पारित भएको दावी गर्दै अब नेतृत्व पनि आफूले नै पाउनुपर्ने बताउनु भएको छ ।

अध्यक्षका प्रत्याशी समेत रहनु भएका बरिष्ठ नेता नेपालले मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी यस्तो बताउनु भएको हो । ‘हाम्रो नीति हलले पारित गरेको छ,’ उहाँले भन्नुभयो, ‘अब नेतृत्व पनि हामीले नै गर्नुको अर्को विकल्प छैन ।’

उहाँले पत्रकार सम्मेलनमा अध्यक्षमा आफुले अत्यधिक मतले जित्ने निश्चित भइसकेको पनि दाबी गर्नुभयो । उहाँले अध्यक्ष झलनाथ खनालको समेत समर्थन आफुलाई भएको दाबी गर्नुभयो ।