२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाद्धारा आन्दोलनका नयाँ कार्यक्रम घोषणा, अब मधेसमा मात्रै वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha

– विमल योगी
काठमाडौं, ३ पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ११ दिने आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । मोर्चाले अब सरकारसँग मधेसमै वार्ता गर्ने निर्णय समेत सुनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि सरकार गम्भीर नभएकाले बाध्य भएर फेरि आन्दोलनमा जानुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– मोर्चाका सबै शीर्ष नेताहरु मधेस जान्छौं । अब वार्ता पनि मधेसबाटै हुन्छ ।’

यस्ता छन् आन्दोलनका कार्यक्रमः

पत्रकार सम्मेलनमा पुस ५ देखि १५ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम गरिनेछ । जसअनुसार मन्त्री, सरकारका प्रतिनिधि र सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, जनप्रतिरोध गर्ने, सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, संविधान संशोधन विधेयकको प्रति जलाउने लगायत रहेका कार्यक्रम रहेका छन् ।

हेर्नुस विज्ञप्ति जस्तोको तेस्तैः

Morcha-1 Morcha-2