काठमाडौँ, २४ असार । नेकपा एमाले अध्यक्ष खनालले आफू नेतृत्व हस्तान्तरणको पक्षमा रहेको दाबी गर्नुभएको छ ।
नेकपा एमालेको राजधानीमा जारी नवौँ महाधिवेशनको बन्दशत्र हलमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । ‘म तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको पक्षमा छु,’ उहाँले भन्नुभयो, ‘दोस्रो पुस्ताबाट नेतृत्व तेस्रो पुस्तमा हस्तान्तरण हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’
उहाँले पार्टीमा नेतृत्व हस्तान्तरण हुँदै आएको भन्दै त्यसले निरन्तरता पाउनु पर्ने बताउनु भयो । उहाँले नवौं महाधिवेशनबाट नेतृत्व चुन्ने जिम्मा आफूले महाधिवेशन प्रतिनिधिहरुलाई दिएको बताउनु भयो ।
यसैगरी बन्दसत्रले अध्यक्ष खनालले प्रस्तुत गरेको राजनीतिक दस्तावेज सुझावसहित पारित गरेको छ । अध्यक्ष खनालले प्रतिनिधिहरुबाट आएका राम्रा सुझावलाई सम्बोधन गर्दै दस्तावेजको पुर्नलेखन गरिने बताउनु भएको थियो ।
















प्रतिक्रिया