३० आश्विन २०८३, शुक्रबार

अप्ठेरोमा मोदी सरकार, प्रमुख प्रतिपक्षी कांग्रेसलाई सम्झाइ दिन मोदीको हारगुहार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-Modi-Dhoti

काठमाडौं, २ पुस । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार अप्ठेरोमा परेको छ ।

सरकारले गरेका कामकारवाही र गर्नुपर्ने कार्यहरुको लागि संसदमा पेस गरिएका विधेयकहरु पास नभएपछि मोदी सरकार संकटमा परेको हो । संसदको अवरोधले मोदी सरकारले आफ्नो लक्ष्यअनुसार कुनै पनि गर्न पाइरहेको छैन् ।

भारतको माथिल्लो संसद राज्यसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस आई र अन्य दलले निरन्तर संसद अवरोध गर्दै आएका छन् । जसका कारण कामकारवाही अगाडि बढ्न सकेको छैन् । उक्त संसदमा नेपालबारे पनि कुरा उठेको थियो ।

यसैबीच संसद नखुल्ने अवस्था देखिएपछि भारतीय प्रधानमन्त्री मोदी उपराष्ट्रपति तथा राज्यसभा(संसद)का सभापति हामिद अन्सारीको शरणमा गएका छन् । विहीबार अन्सारीलाई भेटेर मोदीले संसद चलाउनका लागि पहल गर्न तथा प्रतिपक्षी कांग्रेसलाई सम्झाउन अनुरोध गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार मोदीले अन्सारीसमक्ष कांग्रेसलाई सम्झाउन विन्ति गरेका थिए र शीतकालीन सत्रका बाँकी काम फटाफट अगाडि बढाउन आग्रह गरेका थिए ।

राज्यसभामा कांग्रेस र अन्य प्रतिपक्षी दलको बहुमत छ जसका कारण मोदी सरकारले आफ्ना कारवाहीका विल संसदबाट पास गराउन सकिरहेका छैनन् । (एजेन्सीको सहयोगमा)