१ कार्तिक २०८३, आइतबार

एमाले महाधिवेशनमा प्रतिनिधिलाई चुनावको चटारो, कार्यकर्ता गीत, नृत्य र नाराबाजीमा मस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ffffffffffff

काठमाडौँ, २४ असार । नेकपा एमालेको राजधानीमा जारी महाधिवशेनको बन्दशत्र हलमा विधानमाथिको गम्भीर छलफल भइरहँदा महाधिवेशनस्थल बाहिर भने एमाले कार्यकर्ताले गीत, नृत्य र नाराबाजी गरेर दिन बिताइरहेका छन् ।

अध्यक्षका प्रत्यासीहरु वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओली समूहका युवा कार्यकर्ताले महाधिवेशनस्थल बाहिर अलग–अलग रुपममा यस्तो गरेका हुन् ।

नेपाल समूहका कार्यकर्ता नेपाल पर्यटन बोर्डको कार्यालय अगाडि र ओली निकटका कार्यकर्ता विश्वभाषा क्याम्पस अगाडि केन्द्रित भएर प्रस्तुति गरेपछि हल बाहिरको रौनक भित्र भन्दा गजव देखिएको थियो । चर्काे घामको पनि पर्वाह नगरी कार्यकर्ताले आफ्नो समूहको पक्षमा उत्साहपूर्वक माहोल बनाइरहेका ती कार्यकर्ताले नेता केन्द्रित गित गाएपछि झन माहोल तातेको थियो ।

नेपाल समूहले ‘आयो आयो माधव नेपाल आयो’ र ओली समूहले ‘सबैको बोली अबको अध्यक्ष ओली’ जस्ता भाका र नारा घन्काइरहेका छन् । उनीहरुले पोशाक र टोपीमा आफ्ना समूहका नेताको तस्बिर पनि समावेश गरेका छन् जसका कारण जनसहभागिता पनि सो स्थलमा बढ्दो छ । सो स्थलमा अहिले प्रहरीले कडा सुरक्षा दिइरहेको छ । प्रदर्शनीमार्गमा सवारी साधनलाई आवागमनमा निधेष गरिएको छ ।