मनिला, पुस, २९ । उत्तरी फिलिपिन्समा गत आइबारदेखि सुरु भएको भीषण आँधीको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ ।
दक्षिणी फिलिपिन्समा भारी वर्षापछि शुक्रबार शक्तिशाली ‘अनयोक’ नामक शक्तिशाली आँधी आउने चेतावनीसमेत दिइएको छ ।
यसअघि फिलिपिन्समा आएको ‘मेलोर’ नामक आँधीबाट २० जनाको मृत्यु भइसकेपछि अर्को ‘अनयोक’ नामक नयाँ आँधीको सुरुवात हुनसक्ने चेतावनी दिइएको हो ।
गत आइतबारबाट सुरु भएको मेलोरबाट मङ्गलबार नै चार व्यक्तिको मृत्यु भइसकेको थियो । फिलिपिन्सको सरकारले गएको सोमबार नै आँधीको त्रासका कारण सात लाखभन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताएको थियो । गत मङ्गलबारको आँधीको कारण दशौँ लाख व्यक्तिले घर छोडी भागेका थिए ।
क्रिश्मसको सुरुवातको समयमा उक्त चाड मनाउने तयारी गरिरहँदा नागरिकमा यो भागाभाग सुरु भएको बताइएको छ । सन् २०११ को डिसेम्बरमा मिन्दानाओ प्रान्तमा आएको ‘वसी’ नामक आँधीबाट १ हजार २०० सय व्यक्तिको मृत्यु भएको थियो ।
सोही प्रान्तमा एक वर्षपछि आएको ‘बोफा’ नामक आँधीबाट कम्तीमा १ हजार ९०० व्यक्ति वेपत्ता भएका थिए । फिलिपिन्सका नागरिक यसवर्ष क्रिश्मस मनाउन नपाएकोमा दुःखी भएका छन् ।
उनीहरूले यस समयमा घर छोडेर विस्थापित हुनुपर्दा ठूलो पीडाबोध भएको जनाएका छन् । फिलिपिन्समा कम्तीमा पनि ८० प्रतिशत नागरिक क्रिश्चियन धर्म मान्ने गर्छन् । रासस/एएफपी
















प्रतिक्रिया