गाईघाट (उदयपुर), २४ असार । जिल्लाको लाफागाउँ–१ पाकटाको सल्लाघारी जङ्गलमा सल्लाको खोटो संकलन गर्न आएका भारतीय नागरिकमध्ये एक जना जंगलमा मृत फेला परेको छ ।
भारतको कास्मिर बस्ने अन्दाजी ३५ वर्षीय बलिन्द्र सिंह जङ्गलमा मृत फेला परेको लाफागाउँका स्थानीय केदार राईलाई उद्धृढ गर्दै जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
सुनसरीस्थित तरहराको टर्पेन्टाइन प्रालिमार्फत असार २३ गते भारतीय १५ जनाको टोली सल्लाको खोटो संकलन गर्नका लागि उदयपुरको लाफागाउँस्थित पाकडाको जङ्गलमा पुगेका थिए । खोटो संकलन गर्न गएका करिन्द्र सिंह फर्केर आए पनि बलिन्द्र सिंह र कलेन्द्र सिंह फर्केर नआएपछि अन्य साथीहरु उनीहरुलाई खोज्न जाँदा बलिन्द्र सिंह भने जंगलमा सेउलाले छोपेको अवस्थामा मृत फेला परेको स्थानीयलाई उद्धृढ गर्दै जिप्रकाका प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताउनुभयो ।
घटनास्थलबाट स्थानीयसहित अन्यले प्रहरीलाई खबर गरेपछि असार २३ गते नै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट टोली घटनास्थलतर्फ गएको र घटनास्थल सदरमुकाम गाईघाटदेखि ४० कोस उत्तरी पहाडी क्षेत्रमा रहेको प्रहरीले बताएको छ ।
















प्रतिक्रिया