जव भारतीय राजदूत रणजीत रायलाई प्रमुख आतिथ्यमा राखेर गरिएको कार्यक्रममा म पुगें । बाबुराममार्गीहरुको जमात देखेर मलाई मुलुकप्रति चिन्ता जाग्यो । राजनीतिमा भारत वा उसको नुन खाने हल्लामात्र होला जस्तो लागेको थियो । तर, खुलेआम उही पुरानो सिरक नयाँ खोलमा हालेजस्तो व्यक्तित्व बोकेका कथित डा’साब र लेखकहरुको राष्ट्रियताप्रतिको भ्रान्ति देखेर मगज तिलमिलायो । र, ठानें– यी सब बाबुराममार्गीहरुको नयाँ शक्ति भनेको नयाँ दिल्लीको शक्ति हो । यिनमा फरक यत्ति छ– सिधै दिल्ली लेख्न नसकेका कारण ‘शक्ति’ लेखेका रहेछन् । बाबुरामले पनि शक्तिका नाममा खोल्न पाउँछन् । तर, जनताको भावनालाई एकीकृत गरी तिनको चाहनालाई कौडीका भाउमा दूतावासमा बेच्ने अधिकार छैन ।
देश बिगारेर, मुलुकलाई विदेशीसामु लम्पसार पारेर, हज्जारौं मान्छेहरुको रगतमाथि लतपतिएको अनुहार बोकेर फेरि क्रान्ति र मुलुक राम्रो बनाउँछु भन्दै नयाँ शक्तिको कुरा गर्दा लाजको एउटा सीमालाई कायम राख्नुपर्छ । परिवर्तनका लागि आएको नयाँ शक्ति माओवादीको उपलव्धि के भयो ?





– बिनोद ढकाल










प्रतिक्रिया