काठमाडौं, २९ मंसिर । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘कायर’ भनेका छन् ।
मंगलबार आफ्नो सचिवालयमा सीबीआईले छापा मारेपछि प्रतिक्रिया दिँदै केजरीवालले राजनीतिक रुपमा आफूलाई पराजित गर्न नसकेपछि मोदीले सीबीआईको प्रयोग गरेको दाबी गरेका छन् ।
आम आदमी पार्टीका संयोजक समेत रहेका केजरीवालले मोदीको यो कदमलाई ‘कायर’ भनेका छन् । भारतीय न्यूज च्यानल आजतकका अनुसार आज विहानै सीबीआईले केजरीवालको सचिवालयमा छापा हानेको थियो ।
दिल्ली विधानसभा चुनावमा मोदीलाई नराम्रोसँग पराजित गरेको केजरीवालसँग बदला लिन सीबीआई प्रयोग गरेर बदनाम गर्न खोजेको आम आदमी पार्टीका नेताहरुले आरोप लगाएका छन् ।















प्रतिक्रिया