खार्तुम, २८ मङ्सिर । सुडानको दक्षिणी डार्फोर राज्यमा भएको जातीय हिंसामा परी कम्तीमा पनि १७ जना नागरिकको ज्यान गएको समाचार छ ।
प्राप्त पछिल्लो समाचारअनुसार सो क्षेत्रका स्थानीय दुई जातीको समुदायका नागरिकबीच भएको सो द्वन्द्वमा परी ती नागरिक मारिएका हुन् । संघीयतामा गएपछि सूडानमा बेला बेला जातीय दंगा हुने गरेको छ ।
सुडानको दक्षिणी भूभागमा भएको सो द्वन्द्व त्यहाँका स्थानीय दुई जाती रिजीगाट र मिसेरियाबीच भएको हो ।
सो हिंसामा परी अरु ३० जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।
उक्त द्वन्द्वग्रस्त दियाला क्षेत्रमा सुरक्षाका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी पठाइएको बताइएको छ । ती दबै जातीका आ–आफ्ना लडाकूहरु रहेकोले उनीहरुलाई हतियारसहित खटाइएको जनाइएको छ । प्राप्त समाचारअनुसार प्रहरीले ती लडाकूहरुलाई निकै नै खोजी गरेको जनाएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया