३० आश्विन २०८३, शुक्रबार

फिलिपिन्समा शक्तिशाली आधीको खतरा, सात लाख स्थानीयलाई अन्यत्रै सारियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Filliphinमनिला, २८ मङ्सिर । फिलिपिन्समा शक्तिशाली आधी आउने खतरा बढेको जनाइएको छ । सो आधीको त्रासका कारण सात लाख भन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताइएको छ ।

मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । दुई दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।

मेलर नामको सो आधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका वासिन्दामा त्रास छाएको बताइएको छ । सो त्रासका कारण उक्त क्षेत्रबाट करिब सात लाख नागरिकलाई अन्यत्रै सारिएको छ । उक्त क्षेत्रमा करिब १५ लाख नागरिकको बसोबास रहेको छ ।

सो क्षेत्रमा सोमबार बिहानैदेखि प्रति घन्टा १८५ किलोमीटरसम्म हावा चलेको छ । सो कारणले पनि उक्त क्षेत्रमा आधीको खतरा बढेको पाइएको छ । तर अहिले नै सो हावा हुरीका कारण भएको जनधनको क्षतिको खबर भने आएको छैन ।

समार भनेको सन् २०१३ मा आधीका कारण ठूलो जनधनको क्षति पुगेको क्षेत्र नजिकमा पर्दछ । सो समारमा मात्र त्यस वर्ष आएको आधीबाट सात हजार भन्दा बढी नै व्यक्ति मारिएका वा हराएका थिए ।

समार र अलबे क्षेत्रका सात लाख व्यक्तिलाई त्यहाँबाट उद्वार गरेर अन्यत्रै सारिएको छ । सो क्षेत्रमा जारी रहेको हावा हुरीका कारण अहिले पनि कैयौँ घरका छाना उडाएको र रुख ढलाएको छ ।

अधिकारीहरुले सम्भावित खतराको अवस्थमा रहेका क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको र आवश्यकताका आधारमा सहयोग र उद्वारका लागि पनि तयारी अवस्थामा रहेको जनाएका छन् । रासस/एएफपी