२३ कार्तिक २०८३, सोमबार

इन्धन कालोबजारीको अभियोगमा आयल निगमका डिपो प्रमुख शर्मा थानकोटबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabin-Sharma

काठमाडौं, २७ मंसिर । नेपाल आयल निगमको थानकोट डिपोका प्रमुख रविन शर्मा पक्राउ परेका छन् ।

भारतको नाकाबन्दीमा इन्धनको कालोबजारी गरेको भन्दै शर्मालाई अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार साँझ थानकोटबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले तेल कालोबजारीमा संलग्न भएको सूचना आएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । शर्मालाई महाशाखाको हिरासतमा राखिएको छ ।