३१ आश्विन २०८३, शनिबार

दिल्लीमा गर्जिए राजेन्द्र महतो, मधेसलाई नेपालबाट ‘टुक्रयाउने’ चेतावनी (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Mahato-Dai

काठमाडौं, २७ मंसिर । हाल भारत भ्रमणमा रहेका आन्दोलनरत मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन असफल भए नेपालमा ठूलो दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु (जेएनयू) विश्वविद्यालयमा तराई मधेस स्टडी गु्रपले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महतोले आन्दोलन सफल नभए नेपालबाट मधेस टुक्रिने चेतावनी दिएका हुन् ।

उनले भने- ‘अहिले हामी एउटा देशको सार्वभौमिकताभित्र रहेर, नेपालभित्र रहेर देशभित्रै एक प्रदेशको माग गरिरहेका छौं । अहिले हामी मधेस प्रदेशको माग गरिरहेका छौं, यदि मधेस प्रदेश जनताले पाएन भने त्यो अवस्थामा नेपालभित्रै बेग्लै देशको माग हुनेछ ।’

आफूहरुले प्रदेश मात्रै मागेको भन्दै महतोलेको चेतावनी दिँदै भने- हामी असफल भयौं भने बेग्लै देशको माग गर्नेहरु अघि आउनेछन् ।’

के-के भने महतोले ? हेर्नुस् भिडियोः

भिडियो स्रोतः नागरिक न्यूजबाट ।