काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच सिंहदरबारमा अर्काे वार्ता सुरु भएको छ ।
संविधान संशोधन प्रस्ताव सच्याएर अगाडि बढाउने वातावरण बनाउन कांग्रेसले मोर्चासँग वार्ता गरेको हो । यसअघि कांग्रेसको मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरुसँग वार्ताको प्रयास गरेको थियो ।
आजै विहान बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले आन्दोलनरत मधेसवादी दलसँग वार्ता गरी संशोधन प्रस्ताव सच्याएर अगाडि बढाउने निर्णय गरेको थियो ।












प्रतिक्रिया