काठमाडौं, २७ मंसिर । सरकार, प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आज दिउँसो १ बजेपछि वार्ता हुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार दिउँसो १ बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा त्रिपक्षीय वार्ता हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको वार्तामा मधेसी मोर्चाले राखेको ११ बुँदे माग सम्बोधनका विषयमा छलफल हुने र निष्कर्षमा पुगिने प्रयास गरिने कार्यक्रम छ । साथै यथाशिघ्र नाकाबन्दी हटाउन पहल गरिनेछ ।
बैठकमा कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ ।












प्रतिक्रिया