३१ आश्विन २०८३, शनिबार

कांग्रेस र मधेसवादी दलबीच वार्ता सुरु, संविधान संशोधनका लागि सहमतिको प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसवादी दलबीच वार्ता सुरु भएको छ ।

कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भइरहेको वार्तामा कांग्रेसका केन्द्रीय नेताहरु र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेताहरु सर्वेन्द्रनाथ शुक्ला, हृदेश त्रिपाठी लगायतको सहभागिता रहेको छ ।

वार्तामा भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण विधेयक र संविधान संशोधनमा सहमति खोज्ने प्रयास भइरहेको कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिनुभयो ।

यसअघि बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले मधेसवादी दलहरुसँग वार्ता र सम्वाद गरेर संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

DeubaCongress Congress-1  Deuba-1