नव वर्षले जोश जाँगर लिएर आउँछ । बितेको वर्षमा राम्रो गर्न नसकेकाले आउने वर्षमा राम्रो गर्ने आशा राख्छन् भने राम्रो भएकाले थप राम्रो बनोस् भन्ने चाहन्छन् । यसका लागि योजनासमेत बनाउँछन् । केही सेलिब्रिटीहरूका यस वर्षका योजना यसप्रकार छन् ।
सिर्जना सुब्बा, अभिनेत्री
अभिनय कर्मका साथै व्यवसाय पनि गर्ने योजना छ । वर्षको सुरुवात व्यवसाय थालेर हुन सक्छ । त्यसपछि नाटक लिएर विदेशयात्रा गर्ने योजना छ । सुरुमा चाहिँ हङकङमा रहेका नेपालीमाझ प्रस्तुत गर्ने योजना बनाएकी छु । यसका लागि पहल गर्दै छु ।











प्रतिक्रिया