काठमाडौं, २७ मंसिर । संविधान संशोधनको विधेयक अगाडि बढाउनुपर्ने मागसहित सदन अबरोध गर्दै आएको नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
अहिले केही समयपछि महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बस्ने बैठकमा संसद अबरोध र मधेसी मोर्चासँगको वार्ताका विषयमा छलफल हुनेछ ।
संविधान संशोधनका प्रस्तावलाई सरकारले कार्यसूचीबाट एकाएक हटाएपछि कांग्रेस रिसाएको छ । रिसाएको कांग्रेसले सदन चल्न दिएको छैन ।
कांग्रेसको सरकारका पालामा जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा समावेशी समानुपातिकसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । सो विधेयक अगाडि बढाउन एमाओवादी र एमाले तयार भइसकेका छन् ।
तर पछिल्लो समयमा सो विधेयकलाई थाँती राखेर एमाओवादी र एमालेले भूकम्प प्राधिकरण विधेयक मात्रै अगाडि बढाएको छ ।












प्रतिक्रिया