काठमाडौं, २७ मंसिर । नेपाली सेनाका सहायक रथी प्रेमसिंह बस्नेतले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।
बस्नेतले भने, ‘मैले आफ्नो इच्छाले राजीनामा दिएको हुँ ।’ बस्नेतले पछिल्लो समय विभिन्न कार्यक्रममा सैनिक मर्यादाविपरीत बोलेपछि विवादमा आएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनलाई जंगी अडडाले पटक–पटक स्पष्टीकरण समेत लिएको थियो ।















प्रतिक्रिया