६ कार्तिक २०८३, शुक्रबार

‘प्रधानमन्त्री ओली सुतेर बस्नु भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २७ मंसिर । एमाओवादीले सरकारका काम कार्वाहीप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी ओली र मन्त्रीहरुका कार्यशैलीले मुलुक नै अकर्मण्यतामा अलमलिएको बिश्लेषणसमेत गरेको छ ।

सरकार गठन भएको दुई महिना भित्रै सत्ता साझेदार दलबाट यस्तो बिश्लेषण आएको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘प्रधानमन्त्री केपी ओलीजी सुतेर बस्नु भएको छ । उहाँको शिथिलताले मुलुक नै सुतेको जस्तो भएको छ । अन्यौल र अकमण्यतामा अलमलिएको छ’, अध्यक्ष दाहालले बैठकमा भनेका थिए ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘समग्र सरकार र हाम्रो पार्टीले सम्हालेका मन्त्रालयका बारेमा समीक्षा भयो । सरकारका काम कार्वाहीबाट सन्तुष्ट हुन सकिन्न भन्ने निष्कर्षमा हामी पुगेका छौ । आलोचनात्मक समीक्षा हुने क्रममा छलफल अझै पनि जारी छ।’