१ कार्तिक २०८३, शनिबार

‘धर्म, संस्कृति र वीरताको संगम दैलेख’ डकुमेन्ट्री प्रदर्शन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siddharaj-upadhyaकाठमाडौं, २६ मंसिर । संचारकर्मी सिद्धराज उपाध्यायद्धारा निर्देशित वृत्तचित्र “धर्म, संस्कृति र वीरताको संगम दैलेख’ को प्रदर्शनी शुभारम्भ गरिएको छ ।

दैलेख जिल्लालाई केन्द्र बिन्दुमा राखेर समग्र पश्चिम नेपालको इतिहासलाई उजागर गर्न खोजिएको उक्त वृत्तचित्र ऐतिहासिक कथाबस्तुमा आधारित वृत्तचित्र हो । कला, संस्कृति, इतिहाबाइसे चौबिसे हुँदै खसमल्लकाल देखि आजको अवस्थालाई वृत्तचित्रमा उतार्ने प्रयास गरिएको छ ।

कला, संस्कृति, इतिहास, भूगोल तथा लोक साहित्यका बिभिन्न बिधाहरुलाई समेटेर १६ भाग निर्माण गरिने वृत्तचित्रको इतिहास खण्ड अन्तर्गत भाग १ को शुभारम्भ गरिएको हो । करीब १७ मिनेट लामो यस भागमा सिँजा साम्राज्यकालिन इतिहासबाट शुरु गरिएको छ ।

संस्कृतिविद् विश्व के.सि. तथा संचारकर्मि सिद्धराज उपाध्यायको संयुक्त लगानीमा निर्माण गरिएको वृत्तचित्रको शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवि नेपाल तथा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले पश्चिम नेपाल इतिहास, कला, संस्कृति र प्राकृतिक सम्पदाका दृष्ट्रिकोणले अत्यन्तै महत्वपूर्ण भूभाग रहेको बताउदै त्यस क्षेत्रको पर्यटन बिकासका लागि नीजि क्षेत्रबाट भएकोे प्रयास सराहनिय र प्रशंसनिय भएको बताउनु भएको छ

भाषा, संस्कृति र इतिहासको खुल्ला संग्रहालय मानिने दैलेखको समग्र वस्तुस्थितिलाई वृत्तचित्रमा उतार्ने यो अभियानले दैलेखलाई राष्ट्रिय÷अन्तराष्ट्रियस्तरसम्म चिनाउन मद्यत पु¥याउनुका साथ भावि पुस्ताका लागि समेत महत्वपूर्ण दस्तावेज हुने निर्देशक सिद्धराज उपाध्यायको भनाइ रहेको छ ।

मध्यपश्चिम नेपालको भेरी अञ्चलमा पर्ने सुन्दर जिल्ला दैलेखको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसारमा ल्याउनसके त्यस क्षेत्रको अशिक्षा, गरिवी तथा बेरोजगारी समस्या समाधान गर्ने मात्रै हैन, समग्र नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनमा समेत अग्रणी भूमिका निर्वाह गर्ने निर्देशक उपाध्यायको भनाई छ ।

Documentary_Coverप्रदर्शनी शुभारम्भ संगै देशका बिभिन्न भागमा बृत्तचित्रको प्रदर्शनीको तयारी गरिदैछ भने बाँकी भागहरुको सम्पादन कार्य पनि दु्रत गतिमा अगाडि बढीरहेको छ निर्देशक उपाध्यायले भन्नुभयो –पहिला स्वदेशमै पदर्शन गर्छौ त्यसपछि विश्वका बिभिन्न मुलुकमा समेत प्रदर्शन गर्ने योजना बनाएका छौं । यसले नेपालको इतिहासलाई विश्व सामु परिचित गराउन ठूलो मद्यत पुग्ने उहाँको बुझाइ रहेको छ ।

इतिहासविद्, संस्कृतिविद्, प्राध्यापक, प्राज्ञ, साहित्यकार लगाएत दैलेख जिल्लाबासिको उल्लेख्य सहभागिता रहेको प्रदर्शनी कार्यक्रमका अधिकाँस वक्ताहरुले पश्चिम नेपालको पर्यटकीय विकासका लागि राज्यको ध्यान पुग्न जरुरी रहेको कुरा उल्लेख गरेका थिए ।

खस साम्राज्यकालको शितकालीन राजधानी रहेको दुल्लू आफैमा एउटा ऐतिहासिक स्थल हुनुका साथै पच्चकोशी क्षेत्र लगायत पानीमाथि ज्वाला बल्दै आएको अद्भूत दृश्यका बारेमा राज्य मौन बस्नु लाज मर्दो कुरा मात्र नभई वेवास्ताको चरम नमुना बनाएको प्रति दैलेखी युवाहरुको गुनासो छ ।

समग्र पश्चिम क्षेत्र नै राज्यको चरम उपेक्षामा पर्दै आएको वर्तमान परिप्रेक्ष्यमा व्यक्तिगत लगानीमा शुरु गरिएको यस वृत्तचित्र निर्माण अभियानले राज्यको ध्यानाकर्षण गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म दैलेखको बैभवलाई चिनाउन मद्यत पुग्ने विश्वास आयोजक पक्षले लिएको छ ।

एक्सक्लुसिभ प्रोडक्सन मिडिया प्रा.लि.को प्राबिधिक निर्माण रहेको वृत्तचित्रको १६ वटै भागहरु तयार भएपछि दैलेखलाई नियाल्न दैलेख नै पुग्न नपर्ने निर्माताको बुझाई रहेको छ । दैलेखको इतिहासका पानापाना पल्टाउदै यसको प्रार्दुभाव देखिकै बैभव, संस्कृति, व्यापार र शासन सत्ताका अनेकन आयामहरूलाई वृत्तचित्रमा समेट्ने प्रयास हुने जनाईएको छ ।

बृत्तचित्र प्रदर्शनीसंगै संस्कृतिकर्मि विश्व के.सि. पोखरेलद्धारा लिखित पुस्तक ‘दैलेखका पञ्चकोटी तिर्थस्थल’ को बिमोचन गरिएको छ ।

दैलेखको संस्कृतिसम्बन्धी कलम चलाउदै आएका विश्व के.सि. पोखरेलद्धारा लिलित पुस्तकमा दैलेखका महत्वपूर्ण पञ्चकोशी तिर्थस्थलहरुको बारेमा उल्लेख गरिएको छ । पुस्तकमा दैलेखको समग्र परिचय, वैश्वानरपुराण र त्यसको भावार्थ, पञ्चकोशी तीर्थस्थलहरू र तिनको परिचय तथा महत्व, दैलेखमा रहेका अन्य मठमन्दिरहरू, दैलेखमा रहेका गुठीहरू र दैलेख नगरक्षेत्रका सांस्कृतिक चाडपर्वहरूका बारेमा विस्तृत उल्लेख गरिएकोछ । दैलेखको ढुङ्गा ढुङ्गामा इतिहास छ, तर राज्यले त्यसको समुचित प्रयास गर्न सकेको खण्डमा दैलेखको समुन्नति टाढा नभएको के.सी.को धारणा छ ।

इतिहास भनेको समयक्रमसँग बन्दै जाने एउटा प्रक्रिया भएको हुनाले दैलेखको इतिहास खस मल्लकालदेखि नै अगाडि बढ्दै आएको कुरालाई यथार्थपरक ढंगबाट प्रस्तुत गर्ने तर्फ निर्माण पक्ष निरन्तर खोज तथा छलफलमा जुटेको छ । बाइसे चौबिसे हुँदै खसमल्लकालपछि पनि कहिल्यै नरोकिएको यहाँको सांस्कृतिक, सामाजिक र ऐतिहासिक रूपान्तरणलाई वृत्तचित्रबाट दर्शाउन सके यसले पश्चिम नेपाल मात्रै होइन, नेपाली इतिहासको एउटा महत्वपूर्ण पक्षलाई जीवित राख्न मद्यत पु¥याउने निर्माताको विश्वास छ ।