काठमाडौं, २६ मंसिर । हातखुट्टा फुटेका थिए । अनुहार र हातखुट्टामा अस्भाविक रुपमा मेकअप गरी नयाँ नयाँ कपडा लगाएका थिए ।
एयरपोर्ट पुगेरसमेत हातखुट्टा फुटेको लुकाउन श्रृंगार गरिरहेका थिए । २५ देखि ४० उमेर समूहका ८ जना महिला बुधबार हातम पासपोर्ट र टिकट बोकेर विमानस्थल पुगेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अत्यधिक र अस्वभाविक मेकअप देखेपछि प्रहरीले शंका गरेर सोधपुछ ग¥यो । उनीहरुले आफू घरेलु कामदारका रुपमा काम गर्न कुवेत जान लागेको बताए ।
तर पासपोर्ट र टिकट बैंककको थियो । पासपोर्टमा टुरिष्ट भिसा लागेको थियो ।















प्रतिक्रिया