३० आश्विन २०८३, शुक्रबार

अमेरिकालाई ठूलो सफलता, आतंकवादी आईएसका वित्तीय प्रमुख मारिए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Is-Blast

काठमाडौं, २५ मंसिर । गत महिना फ्रान्समा आत्मघाती हमला गर्ने अतिवादी संगठन इश्लामिक स्टेट (आईएस)का एक जना वित्तीय प्रमुख मारिएका छन् ।

यसलाई अमेरिकाले ठूलो उपलब्धि भनेको छ । वित्तीय प्रमुखलाई अमेरिकाले हवाई हमला गरी मारेको हो । अमेरिकी अधिकारिका अनुसार पछिल्लो महिनाको हवाई हमलामा इस्लामिक स्टेटका वित्त अबू सालेह मारिएका हुन् ।

अमेरिकी सेनाका प्रवक्ता कर्नेल स्टीव वारेनले इराकको बग्दादबाट से भिडियो क्रान्फ्रेन्समा भनेका छन्– नोभेम्बरको अन्तिम साता गरिएको हवाई हमलामा अबू सालेह मारिएका छन् । अमेरिकाले सालेहलाई आइएसको वित्तीय नेटवर्कका एउटा वरिष्ठतम र अनुभवी व्यक्ति रहेको समेत बताएको छ । सिरियाका लागि अमेरिकी राजदूत ब्रेट मैकगर्कले पनि अबू सालेह आफ्ना दुई साथीसँगै मारिएको र उनी त्यो समूहका वित्त मन्त्री रहेको बताए । (एजेन्सीको सहयोगमा)