६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले भूकम्पपीडितका नाममा छोराछोरी र नातागोतालाई किन घुम्न पठाउँदै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २५ मंसिर । भूकम्पपीडितको कोटामा प्रचण्डका छोरी/नातिनी र नेताका नातेदार चीन भ्रमणमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपिडितको नाम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीलगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउँदै छन् ।

सिचुवान प्रान्तको कुन्मिङ् र छेन्दुक सहरको ६ दिने भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र बबिता बस्नेत समेत रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

भूकम्पपीडित जिल्लाका १५ देखी ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष दाहालकी छोरी–नातिनी स्मिता प्रधान, दृष्टी के सी, सन्ध्या केसी र प्रतिमा पाठक छन् ।

यस्तै, पार्टी केन्द्रिय सदस्य अञ्जना विशंखेकी छोरी स्वस्तिका र स्वकीय सचिव एवम् जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी लगायत रहेका छन् ।