
काठमाडौं, २५ मंसिर । एमालेका शीर्ष नेताहरूले संवैधानिक निकायले गरेको कामकारबाहीमा कमीकमजोरी भए पनि त्यसको आदेश मानेर अघि बढ्न आफ्ना नेता र सांसदहरूलाई निर्देशन दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै बयान दिनका लागि यसैसाता पूर्वमन्त्री, सांसदलगायत २९ जनालाई पत्र काटेको थियो ।
त्यसमा एमालेका ६ जना नेता तथा सांसद परेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अख्तियारले पूर्वाग्रह साँधेर अनुसन्धानको दायरामा ल्याएको भन्दै एमाले नेता र सांसदहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालसँग उनीहरूले यो विषयमा एमाले संसदीय दलको कार्यालयमा कुराकानी गरेका थिए ।
त्यहाँ मनोनीत सांसद उमेश श्रेष्ठ पनि सहभागी थिए ।















प्रतिक्रिया