१ कार्तिक २०८३, शनिबार

सलमानका फ्यानलाई खुसीको खबर ! १३ वर्षपछि निर्दोष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khanमुम्बई । बलिउड अभिनेता सलमान खान १३ वर्षपछि ‘हिट एन्ड रन’ केशमा निर्दोष ठहरिएका छन् ।

विहीबार मुम्बई उच्च अदालतले ‘हिट एन्ड रन’ केशको अन्तिम फैसला सुनाउँदै सलमानलाई सफाई दिएको हो । सलमानलाई अदालतमा फैसलाको प्रति थमाउँदै न्यायधीश एआर जोशीले ‘तपाईं निर्दोष हुनुहुन्छ’ भनेर घोषणा गरे ।

यसैगरी अदालतले सलमानको पासपोर्ट फिर्ता गर्न प्रशासनलाई आदेश दिएको छ । प्रहरीले उपलब्ध गराएको अंगरक्षक रवीन्द्र पाटिलको बयान विश्वसनीय नरहेको भन्दै अदालतले सलमानको मुद्दा खारेज गरेको हो ।

साथै पीडित पक्षको साक्षी तथा प्रमाण मजबुत नभएको र सलमानले नै गाडी चलाएको भन्ने पुष्टि नभएको समेत फैसलामा उल्लेख छ । यसअघि सलमानलाई तल्लो अदालतले पाँच वर्षको जेल सजायँ सुनाएको थियो । त्यसपछि उनी हाई कोर्ट गएका थिए ।
सन् २००२ मा सलमान खानको तिब्र गतिको कार मुम्बइको सडकपेटीमा उक्लिँदा एक जनाको मृत्यु भएको थियो । घटना भएको १३ बर्षपछि अदालतले सलमानलाई निर्दोष सावित गरेको हो ।