१ कार्तिक २०८३, शनिबार

‘एटिएम’की सविनाको ‘लाटी’ शुक्रबारबाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lati

काठमाडौ । फ्राईडे रिलिज अन्तर्गत यो साता अथार्त शुक्रबारबाट एकमात्र चलचित्र ‘लाटी’ प्रदर्शनमा आउने भएको छ । भुकम्पको कारण प्रदर्शन मिती सरेको यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

मौलिक कथाबस्तुमा निर्माण भएको यो चलचित्र प्रशन्न रिमाल र शिशिर जय खरेलले निर्माण गरेका हुन् । राज व.सानेको निर्देशन रहेको चलचित्रमा वसन्त सापकोटा र कमलकृष्णको संगित रहेको छ ।

चलचित्रमा सविना कार्की, रिभल मल्ल, रामचन्द्र अधिकारी, जिके शर्मा, सुवास गजुरेल, नेत्र बिष्ट अनि बालकलाकार सुजल नेपालको अभिनय रहेको छ ।

लाटी गाउ“ समाजमा हुने गरेका विभिन्न घटनाहरुमा आधारित चलचित्र हो । चलचित्रे चेलिबेटी बेचबिखन, बेरोजगारीलगायतका समस्यालाई देखाउन खोजेको छ । चलचित्रले आफ्नो एटिएम पछि बनेको नराम्रो छबिलाई हटाउने अभिनेत्री सबिनाले बताउदै आएकी छन् ।