काठमाडौं । नेपाली फिल्म ‘भाग सानी भाग’ले आफ्नो प्रदर्शन अष्ट्रेलियाबाट गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।
नेपालमा भने चैत पाँच गते प्रर्दशन गरिनेछ । चलचित्र ‘भाग सानी भाग’ले अष्ट्रेलियाको बिभिन्न नौ शहरमा चलचित्रको प्रर्दशन घोषणा गरेको छ ।
चलचित्रले डार्बिन शहरबाट आगामी जनवरी २९ मा चलचित्रको पहिलो प्रदर्शन गर्न लागेको निर्माता बिष्णु चापागाइँले बताए ।
चलचित्रलाई डार्बिन शहरपछि अन्य शहरहरुमा पनि प्रदर्शन चॉजोपॉजो मिलाइसकेको निर्माता चापागाइँले बताएका छन् ।
चापागाइँले संगीतकार चेतन सापकोटा बेल्जियम निवासी शहदेब गौतम र अमेरीका निबासी बिलोन पोख्ररेलसंग मिलेर ‘भाग सानी भाग’ निर्माण गरेका हुन ।















प्रतिक्रिया