६ कार्तिक २०८३, शुक्रबार

सिटौलाले सभापतिमा पौडेललाई नछाड्ने, दोस्रो पुस्तासँग सहकार्य गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1449238109810_Pro_Ktm_ Krishna setaulaकाठमाडौं, २४ मंसिर । कांग्रेस उपसभापति एवम् आफुलाई मध्यमार्गी नेता भएको दाबी गर्ने रामचन्द्र पौडेललाई अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेसनमा समर्थन नगर्ने भएका छन् ।

संविधान जारी गर्ने प्रक्रिया र कार्य तथा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मको निर्वाचनमा पौडेलले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र नेता शेरबहादुर देउवाकै कार्यशैलीमा दलिय सहमति तोड्न साथ दिएको सिटौलाको दाबी रहेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

संविधान जारी भएको ऐतिहासिक अवसर र घटनाको अपनत्व लिन समेत कोइरालापछि हटेको अवस्थामा साथ दिएको र सहमतिय राजनीतिलाई भत्काउन पौडेलको पनि भूमिका रहेको भन्दै सिटौलाले सभापतिमा आफै उठ्ने योजना बनाएका छन् ।

पौडेलको भूमिका र कार्यशैली सुशील कोइराला र शेरबहादुर देउवाको भन्दा फरक नहुने भन्दै सिटौलाले तीन शीर्ष नेताको भूमिका शंकास्पद र असफल भएकोले दोस्रो पुस्ताका नेताहरुसाग मात्र सहकार्य गर्ने रणनीति बनाएका छन् ।

सिटौलाले दोस्रो पुस्ताका क्रियाशिल र नेतृत्व क्षमता भएका नेतासाग बरु सम्झौता वा सहकार्य गर्ने तर तीन शीर्ष नेता असफल भएकोले उनीहरुलाई साथ र समर्थन नगर्ने दृढता ब्यक्त गरेका हुन् ।

पार्टीले संविधान जारी गरेर ऐतिहासिक र गौरबमय क्रान्ति गरेको अवसरलाई समेत आत्मसाथ नगरेको भन्दै ओली सरकार भन्दा अघिदेखि नैं सिटौला संविधानको बिशेषताको प्रचार गर्दै एक्लो अभियानमा जुटेका छन् ।

सिटौला दुई सातायता पार्टीको सांगठानिक कार्यमा भन्दा संविधानको प्रचारमा १२ घण्टासम्म क्रियाशील भएका छन् । उनी दिनैपिच्छै संविधानको बिशेषताको प्रचारमा हिंड्ने गरेका छन् ।