३० आश्विन २०८३, शुक्रबार

छत्तिसगढमा भारतीय प्रहरीमाथि माओवादीको आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-Indiaकाठमाडौं, २३ मंसिर । भारतको छत्तिसगढ राज्यस्थित सुकमा जिल्लाको किस्टाराम क्षेत्रमा मंगलबार भारतीय प्रहरीमाथि आतंकवादी माओवादीले आक्रमण गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा पाँच प्रहरी जवान घाइते भएका छन् । प्रहरीले १५ जना माओवादी लडाकू मारेको दाबी गरेको छ । तर, एउटा पनि शव फेला परेको छैन् । जसबाट प्रहरीले झुटो दाबी गरेको प्रष्ट हुन्छ ।

समाचार अनुसार किस्टारा प्रहरी चौकीको क्षेत्रमा गस्तीमा खटिएका प्रहरीमाथि १५ किलोमिटरको दुरीमा रहेको केटेमडगूमा आक्रमण भएको हो । लामो समयसम्म भएको भीडन्तमा पाँच प्रहरी घाइते भएका हुन् । उनीहरुमा दुई जनालाई गोली लागेको छ ।

माओवादी थप फौजसहित फेरि आक्रमण सुरु गरेपछि घाइते जवान बोकेर भारतीय प्रहरीको टोली भागेर चौकी आएको थियो ।