६ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड निवासमा किन लाग्यो प्रहरीको भीड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lajimpat-Prachandकाडमाडौं। गृह मन्त्रालय सिंहदरबारभित्र छ, तर गृहका अधिकांश महत्वपूर्ण निर्णयहरु भने लाजिम्पाटस्थित प्रचण्ड निवासबाट हुने गरेको छ । गृहमन्त्री शक्ति बस्नेत प्रचण्डका ‘एसम्यान’ भएकाले लाजिम्पाटबाटै गृह मन्त्रालय संचालन हुने गरेकोले सेटिङ मिलाउनेहरुको लाजिम्पाटमा भीड लाग्ने गरेको छ ।

गृहमा प्रचण्डकै सिफारिसमा सचिव, सहसचिव तथा एआईजीहरुको सरुवा भएकोले पनि प्रचण्डकै निर्देशनमा सशस्त्र प्रहरीका आईजीपी कोषराव वन्तको जागिर जोगिएको छ । प्रचण्डले नै गृहमन्त्रालय चलाउने गरेको थाहा पाएपछि यतिबेला उनको निवासमा भ्रष्ट प्रहरी अधिकारीहरुको लाइनै लाग्ने गरेको प्रचण्ड निकट सुत्र बताउँछ ।

अहिले नेपाल प्रहरीमा डिआईजीहरुको सरुवाको तयारी भइरहेको छ । त्यसकारण डिआईजीहरु गृहमन्त्रालयको निवासभन्दा प्रचण्डको निवास धाउन व्यस्त छन् । सिआईबी, एयरपोर्टलगायत कार्यलयका डिआईजीको एक वर्ष अवधि पुगिसकेको छ भने क्षेत्रका डिआईजीहरुको पनि ११ महिना भएको छ ।

सोही कारण नेपाल प्रहरीमा ठूलो मात्रामा डिआईजीहरुको सरुवाको तयारी भइरहेको छ । प्रहरी नियमावलीले डिआईजी सरुवाको अधिकार गृहमन्त्रीलाई दिएको छ । सोही कारण यतिबेला प्रहरी अधिकारीहरुको दौडधुप गृह मन्त्रालय होइन लाजिम्पाट सुरु भएको छ । दृष्टि साप्ताहिकमा खबर छ ।