६ कार्तिक २०८३, शुक्रबार

सभापतिमा कोइरालालाई रोक्न आफ्नै समूह सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Congres-Nepaकाठमाडौं, २३ मंसिर । कांग्रेसको १३ औं महाधिवेशनको तिथी नजिकिदै गर्दा भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ ।

नेतृत्वको लागि बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल मैदानमा उत्रिइसकेका छन् ।

देउवा र पौडेल सम्पर्क कार्यालय समेत खोलेर प्रचारमा जुटिसकेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

घोषणा नगरे पनि सुशील कोइरालाले संस्थापन पक्षबाट आफै उम्मेदवार हुने सन्देश दिएका छन् ।

पार्टी कार्यकर्ताको भावना विपरित प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेकामा आलोचित कोइरालालाई सभापतिमा उम्मेदवारी नदिन संस्थापन पक्षभित्रैबाट दबाब पर्न थालेको छ ।

यस्तो दबाव दिनेमा उपसभापति पौडेल, एक समय कोइरालाका विश्वासपात्र रहेका महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य महेश आचार्य, नरहरी आचार्यलगायत छन् ।