६ कार्तिक २०८३, शुक्रबार

नयाँ ढङ्गले वार्ता गर्न मधेसी मोर्चालाई भारतको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi Morcha India maकाठमाडौं, २३ मंसिर । भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेताले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार ठहर्‍याएका छन् ।

मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार भएको छुट्टाछुट्टै भेटवार्तामा सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन प्रस्ताव आफूहरूलाई मान्य नभएको पनि बताए ।

भेटमा डोभलले मधेस आन्दोलनका कारण भारत पनि समस्यामा परेको बताएका थिए भने जयशंकरले काठमाडौं गएर एक चरण सरकारसँग वार्तामा बस्न र नभए नयाँ ढंगले अघि बढ्न मोर्चाका नेतालाई सुझाव दिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

डोभलले मंगलबार साँझ भएको भेटमा मधेसलाई नयाँ संविधानबाट अन्याय भएकोप्रति आफूहरू प्रस्ट रहेको बताएका थिए।

नेपाल सरकारले संसद्मा पेस गर्ने भनेको संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य छ कि छैन भनी उनले मोर्चाका नेतालाई सोधेका थिए ।

प्रत्युत्तरमा मोर्चाका नेता महन्थ ठाकुरले सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संशोधन प्रस्तावमा आफूहरू सहमत नभएको बताएका थिए ।