३० आश्विन २०८३, शुक्रबार

सिरियाबारे गरिने वार्ता हतारमा गरिनु हुदैन: रसिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RUSSIA-ATHLETICS-CORRUPTION-DOPING-WADA-OLY-2016-PUTINमस्को (रसिया), २२ मङ्सिर । रसियाका विदेश मन्त्रालयले सिरियामा द्वन्द्व अन्त्य गरी शान्ति स्थापनार्थ अमेरिकाको न्युयोर्कमा गरिने गरी तोकिएको नयाँ वार्ता हतारमा गर्नु नहुने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले गएको हप्ता सिरियामा जारी द्वन्द्व समाधान गर्नका लागि यही डिसेम्बर १८ का लागि वार्ताको तिथि घोषणा गर्नुभएको थियो ।

नयाँ चरणको वार्ताका लागि हतार गर्न नहुने रसियाको मत रहेको विदेश मन्त्रालयले मङ्गलबार जारी वक्तव्यमा बताइएको छ ।

सिरियाली राष्ट्रपति बसार अल असादको मुख्य सहयोगी रसियाले द्वन्द्वरत् सिरियाली संस्थापन पक्ष तथा आतङ्ककारी घोषित गरिएका सिरियाका विद्रोही पक्षले वार्ताको मिति छिट्टै पक्का गरिँदा आवश्यक तयारी पु¥याउन नसक्ने जनाउँदै वार्ताको मिति तोक्नु अपरिपक्व निर्णय हुने जनाएको हो ।

वक्तव्यमा भनिएको छ, सिरियाको राजनीतिमा को विपक्षी भन्ने कुरामा एउटा सामूहिक सहमति नबनाइकन वार्ता गर्न सम्भव छैन ।

हामी छलफल गर्नका लागि मात्र बैठक बस्नु ठिक हुँदैन । बैठकले निष्कर्ष दिनसक्ने गरी तयारी गर्नुपर्छ अनि मात्रै सिरियामा द्वन्द्वरत पक्षबीचको शान्ति वार्ता खास अर्थमा निष्कर्षमा पु¥याउन सकिनेछ ।

विभिन्न १७ देशका कुटनीतिज्ञ सम्मिलित अस्ट्रियाको भियनामा भएका दुई बैठकले सिरियामा जारी करिब पाँच वर्ष लामो युद्धलाई वार्ताका माध्यमद्वारा अन्त्य गर्ने सहमति भएको थियो । उक्त बैठकले द्वन्द्वरत पक्षलाई शान्ति वार्तामा बसाल्न दिशानिर्देश गर्ने पूर्वतयारी गरेको थियो ।

बैठकमा सिरिया युद्ध अन्त्य गर्नसक्ने प्रमुख जिम्मेवार मानिएका राष्ट्रहरु रसिया, अमेरिका, इरान र साउदी अरब लगायतका कूटनीतिज्ञहरुको सहभागिता थियो ।

सिरियामा जारी द्वन्द्वका कारण अहिलेसम्म दुई लाख ५० हजार मानिसले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । त्यस्तै सिरियाको द्वन्द्व युरोपमा शरणार्थी समस्या पैदा गर्नुमा प्रमुख कारण मानिँदै आएको छ ।

नोभेम्बर १४ मा बैठकमा संलग्न राष्ट्रहरुका प्रतिनिधिले सिरियाको राजनीतिक सङ्कटलाई आगामी छ महिनामा समाधान गरी १८ महिनाभित्र निर्वाचन गर्ने कुरामा सहमति जनाएका थिए ।

पश्चिमा राष्ट्रहरुको असादको सत्ता वहिर्गमनबारे सर्त खासगरी रसिया र इरानले नकार्दे आएका छन् । रासस/एएफपी