१ कार्तिक २०८३, शनिबार

सञ्जय दत्त रिहा हुँदै, सलमानसँग फिल्म खेल्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-Khan-Sanjay-Duttमुम्बई । मुम्बईमा १९९३ भएको श्रृखलाबद्ध बम हमलामा अनौपचारिक रुपमा संलग्नता भएर जेल सजायँ काटिरहेका बलिउड अभिनेता सञ्जय दत्त मार्च महिनाको पहिलो हप्ता रिहा हुने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४० महिनाको सजायँ काटेर सञ्जय दत्त ७ मार्चमा रिहा हुने भएका हुन् । मुम्बई बम हमलामा संलग्न भएको प्रमाणित भएपछि सन् २०१३ को मार्चमा भारतको सर्वोच्च अदालतले सञ्जय दत्तविरुद्ध पाँच वर्षको जेल सजायँ सुनाएको थियो ।

जेलबाट रिहा हुन लागेका सञ्जय दत्तको हातमा कैयौं प्रोजेक्ट्स छन् । जसमा उनकै जीवनी पनि रहेको छ । सञ्जय दत्त अब सलमान खानको फिल्म ‘सुल्तान’मा देखिन सक्छन् ।