पेरिस, २२ मङ्सिर । करिब पाँचवर्ष देखि गृहयुद्ध जारी रहेको सिरियामा फ्रान्सेली युद्धक विमानले कारबाही जारी राखेका छन् । सोमबार पनि सो आक्रमण जारी नै राखेको बताइएको छ ।
इस्लामिक जिहादीहरुको संस्था इस्लामिक स्टेटको प्रभाव रहेको भन्दै फ्रान्सेली सैनिकले सिरियाको राक्वा सहरमा सोमबार आतङ्ककारीहरुको खोजीलाई व्यापक बनाएको बताएको छ ।
हवाई हमला सोमबार राति पनि जारी रहेको समाचारमा जनाइएको छ । साथै सो आक्रमणमा परी कैयौँ मारिएको अनुमान गरिएको छ । तर त्यसको बिस्तृत विवरण भने प्राप्त भएको छैन ।
ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान र त्यस वरपरका नगरहरुमा विगत केही दिनयतादेखि रातिदेखि हवाई हमला गरिरहेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा यही नोभेम्बर १३ मा मुस्लिम अतिवादी समूह आइएसले हमला गरेका थिए । सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो ।
उक्त आतङ्ककारी हमलापछि सिरियामाथिको हमलालाई आइएसले झनै कडा बनाएको छ । आइएसको उद्गमस्थल नै सिरिया रहेको धारणा फ्रान्सले राख्दै आएको छ ।
फ्रान्सेली रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो ।
तर कैयौँ दिनदेखि हमला जारी रहेको सो क्षेत्रमा आइएसका लडाकूहरु कति मारिएका छन् भन्ने बारेमा भने केही बताएको छैन ।
फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा आइएसका लडाकूको प्रत्यक्ष सम्लग्नता भेटिएपछि आइएसका विरुद्ध पनि फ्रान्सले सो आक्रमण थालेको हो । रासस/एएफपी















प्रतिक्रिया