क्वालालम्पुर । नेपाली कथानक चलचित्र काफल पाक्यो मलेसियामा विशेष समारोहका विचमा प्रर्दशन हुने भएको छ ।
प्रर्दशनको तयारीको लागि नायिका वर्षा राउत निर्देशक सावित्री खत्री, कार्यकारी निर्माता लक्ष्मी केसी र कोरियोग्राफर सरिता राजचल सहितको टोली मलेसिया आईपुगेको छ । आउादो शनिवार क्वालालम्पुरमा चलचित्र प्रर्दशनी हुने भएको हो । उपेन्द्र सुवेदी र सुरेश राउत निर्माता रहेको काफल पाक्योमा सोझो गाउाले केटा र शहरमा हुर्किएकी केटीको प्रेम कथामा चलचित्र घुमेको छ ।
चलचित्रको नायकमा जीवन लुईटेल सहित मुकेश आचार्य,उत्तम विष्ट, लय संग्रौला, प्रदिप ढकाल, विएस राना, उत्तम केसी लगायकतका कलाकारहरुको अभिनय रहेको छ ।
यसअघि उक्त चलचित्र क्यानडामा समेत विशेष समारोहका विचमा च्यारिटी प्रदर्शन भएको थियो । मलेसियामा काफल पाक्यो चलचित्र हेर्ने दर्शकहरु निकै आतुर रहेको निर्देशक खत्रीले वताईन् । नेपालमा भने उक्त चलचित्र माघ १ गते देखि प्रर्दशन हुदैछ ।















प्रतिक्रिया