मुम्बई । हाल दक्षिण भारत बाढीले आक्रान्त बनेको छ । बाढीकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकै आलोचित बनेका छन् ।
उनले बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा जनतालाई ढाटेर अलोचित भए । त्यसैगरी उद्धार सहयोग घोषणाले पनि मोदीको राजनीतिक चौपट हुने देखिएको छ । चेन्नई पुगेर मोदीले केन्द्र सरकारबाट केही करोड रुपैयाँ उद्धारका लागि दिने घोषणा गरे ।
तर, मोदी र उनको सरकारलाई काउन्टर गर्दै बलिउड बादशाह शाहरुख खानले एक्लैले करोडौ रुपैयाँ सहयोग गरेका छन् । शाहरुखले मोदीको राजनीति नै चौपट पार्नेगरी सहयोग गरे । मोदीले सहयोग घोषणा मात्रै गरेका छन् । यहाँनेर मोदीको राजनीतिमाथि प्रश्न उठ्न सक्छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले भारतमा सबैले शाहरुखको हाईहाई गरिरहेका छन् ।
उनको यो परोपकारी कामलाई लिएर शाहरुख खानको नाममा ट्विटरमा (#SRKDonates1crToChennai) ट्रेण्ड नै बसेको छ । सामाजिक सञ्जालमा यो कामको खुबै चर्चा भइरहेको छ । शाहरुखले बाढीबाट आक्रान्त चेन्नईका बाढीपीडितलाई १ करोड रुपैयाँ सहयोग गरेका छन् । यद्यपी यो प्रारम्भिक सहयोग भएको बताइएको छ । शाहरुखको कम्पनी रेड चिलीजले सोमबार तमिलनाडुका मुख्यमन्त्री जयललितालाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
यसैगरी शाहरुखले एक अन्तर्वार्तामा भनेका छन्- आफ्नो फिल्म दिलवालेको पहिलो दिनको कमाई चेन्नईका बाढीपीडितलाई सहयोग गरिनेछ । उनले बाढीपीडित सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।
शाहरुखको कम्पनीले गरेको सहयोगः

















प्रतिक्रिया