मुम्बई । बलिउडका स्टार अभिनेता शाहरुख खान र सलमान खानबीच सम्बन्ध विग्रिएको खबरहरु बेला बेला सुन्ने गरिन्छ ।
उनीहरुले एकअर्कालाई भेटे नगरेको पनि लामो समय भइसक्यो । जसका कारण दर्शकले सम्बन्ध विग्रिएको अनुमान गर्छन् । तर, अब भने शाहरुख र सलमान एउटै मञ्चमा देखिने भएका छन् र उनीहरुले एकअर्कालाई अंकमाल गर्नेछन् ।
२५ वर्षअघि फिल्म ‘करन अर्जुन’मा सँगै देखिएका शाहरुख र सलमान लामो समयपछि सानो पर्दामा देखिन् लागेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड बादशाह शाहरुख आफ्नो फिल्म ‘दिलवाले’को प्रमोशनका लागि बलिउडका भाईजान सलमान खानको शो मा आउने निश्चित भएको छ ।
शाहरुख आफ्नो फिल्मको प्रमोशनका लागि सानो पर्दा ‘बिग बोस’को मञ्चमा सलमानसँग आउनेछन् । यता सलमानले पनि प्रतिक्रिया दिँदै शाहरुखले आफ्नो शो मा आउने खबरले निकै उत्साहित भएको बताए । उनको शो मा शाहरुखका साथै फिल्म ‘दिलवाले’का मुख्य कलाकार काजोल, वरुण धवन र कृति सेनन पनि सहभागी हुनेछन् ।
















प्रतिक्रिया