६ कार्तिक २०८३, शुक्रबार

पम्म र प्रहरी मिलेर यसरी वितरण गर्दैछन् आफन्तलाई तेल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सील गरिएको सरकारी पम्प
सील गरिएको सरकारी पम्प

काठमाडौं, २२ मंसिर । सरकारले अत्यावश्यकीय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् ।

सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफू अनुकुलका पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उपभोक्तावादीहरुले सरकारी निकायको एकलौटीपनले वितरण प्रणाली बिग्रिएको बताएका छन् ।

वाणिज्य विभागले प्रहरीकोमा लापरवाही देखिएको आरोप लगाएको छ ।