१ कार्तिक २०८३, शनिबार

मोदीलाई शाहरुख र अमिताभले दिए टक्कर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amitabab-modi-srk

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार सम्हालेपछि ट्विटरमा उनका फलोवरर्सको संख्यामा चार गुणाले वृद्धि भएको थियो, तर उनी अझै पनि बलिउडका स्टार अभिनेता अमिताभ बच्चन र शाहरूख खानलाई उछिन्न सकेका छैनन् ।

अर्थात मोदीलाई अमिताभ र शाहरुखले टक्कर दिइरहेका छन् । सामाजिक सञ्जाल फोरमले २०१५ मा सबैभन्दा धेरै फलोर्स भएका व्यक्तिहरुको जारी गरिएको सूची अनुसार १.८१ करोड फलोवर्सका साथ अमिताभ पहिलो नम्बरमा छन् ।

मोदीको जम्मा फलोवर्स १.६४ करोड छन् । र उनी तेस्रो नम्बरमा छन् । पछिल्लो वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेपछि फलोवर्सको संख्या ४० लाख थियो ।

‘ईयर अन ट्विटर २०१५’ को रिपोर्ट अनुसार मोदी सुपर स्टार शाहरूख खानभन्दा पनि पछाडी छन् । शाहरुखको ट्विटरमा १.६५ करोड़ फलोवर्स छन् ।

अमिताभ, शाहरूख र मोदीपछि ट्विटरमा आमिर १.५५ करोड फलोवर्सका साथ चौथो नम्बरमा छन् । र सलमान खान आमिरभन्दा १० लाख कम फलोवर्सका साथ पाँचौं स्थानमा छन् ।